|

म्याग्दी : पाकेको धान थन्क्याउने बेला वर्षा भएपछि म्याग्दीका किसानहरु चिन्तित भएका छन्। आइतवारत रातिदेखि वर्षा भइरहेको छ।

वर्षाले पाकेका धानको बोट ढलेको बेनी नगरपालिका-२ बगरफाँटका भीमबहादुर कार्की बताए। घरमा भित्र्याउने समयमा पानीले क्षति पुर्‍याएको उनले बताए।

 ‘धानको बोट लडेर सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ‚’ कार्कीले भने‚ ‘एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो?’

म्याग्दीको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, वावियाचौर, अर्मनलगायत ठाउँमा लगाएको धान बालीमा क्षति पुगेको किसानहरुले बताएका छन्। ज्यामरुककोटको उपल्लो भेग, अर्मन र बाबियाचौरमा काटेर सुकाएको धानमा पानी क्षति पुर्‍याएको छ।

रातिदेखि भएको वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरु हिलाम्य भएका र दशैंका लागि घरआएका व्यक्तिहरु कार्य क्षेत्रमा फर्किन समस्या भएको ज्यामरुककोटका सुधन सापकोटाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.