|

गुल्मी : गुल्मीमा डहरे खोला तर्ने क्रममा खोलाले जिप बगाएको छ।

सोमबार बुटवलबाट गुल्मीको वामीतर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप सत्यवती गाउँपालिका वडा नम्बर ६ मा डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिप खोलाले बगाएको र फेला नपरेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराईले जानकारी दिए। जिप चालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

जिप खोजी गर्नका लागि इलाका प्रहरी कार्यालय जोहाङबाट ५ जनाको प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.