|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५ सय ९१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ६ सय ९७ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ५ सय ९१ जना संक्रमित भेटिएका हुन्। आज ९ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै आज ९ सय ३७ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल देशभर ११ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.