|

काठमाडौं : साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई सरकारले जनही पाँच/पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरूलाई पाँच/पाँच लाख र प्रशिक्षकहरूलाई तीन/तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो। फाइनलमा भारतसँग ३–० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रह्यो। नेपाली टोली सोमबार बिहान नेपाल फर्किएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.