|
फाइल तस्वीर

काठमाडाैं : दशैँ सुरु हुँदा बढेको तरकारी तथा फलफूलको मूल्यमा सोमबारबाट घट्न थालेको छ।

दशैँको समयमा खासगरी गोलभेडा, काँक्रो, काउली लगायतका केही बस्तुको मूल्य अत्यधिक बढेको थियो भने आलु‚ प्याज लगायतको मूल्य सामान्य बढेको थियो।

दशैँका वेला फलफूलको मूल्य अत्यधिक महँगो भएको उपभोक्ताको गुनासो थियो। दशैँ सकिएसँगै तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए।

उनले माग सामान्य हुँदै जाँदा मूल्य पनि सामान्य हुँदै गएकाले मूल्य घट्ने क्रम जारी रहेको बताए। गोलभेडा, काउली, बोडी लगायतका केही तरकारीको मूल्य आजबाटै घटिसकेको पनि उनले जानकारी दिए।

हालको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दशैँको समयमा मूल्य बढेको श्रेष्ठको भनाइ छ। दशैँका वेला काठमाडाैंको कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठ सय टनसम्म सामान भित्रिएको थियो। अष्टमीका दिन भने करिब ४ सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको समितिको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.