|
तस्वीर : विनोदसिंह विष्ट

बैतडी : नेकपा (एकीकृत समाजवादी) ले संगठन विस्तार तिव्र पारेको छ। पार्टीले हालै सम्पन्न स्थायी कमिटीको सातौं बैठकले सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीलाई दिएको छ।

सुदूरपश्चिम इन्चार्जमा यसअघि नै गरिमा शाहलाई तोकिएको थियो। बैठकले  प्रदेश सह–इञ्चार्जको जिम्मेवारी रामकुमार ज्ञवाली, नीरा जैरु र प्रेम आलेलाई दिएको छ। 

यस्तै बैतडीसहित प्रदेशका ९ वटै जिल्ला इन्चार्जको पनि टुंगो लागेको छ। बैतडीमा परमानन्द भट्ट, दार्चुलामा नरेन्द्र बिष्ट, बझाङमा दिलबहादुर सिंह, डडेल्धुरामा नरबहादुर बिष्ट, बाजुरामा हिक्मतजंग शाहीलाई इञ्चार्ज तोकिएको छ।

कैलालीमा दीर्घ सोडारी (प्रदेश कमिटी उपसचिवसमेत), डोटीमा हर्कबहादुर सिंह (प्रदेश कमिटी उपाध्यक्षसमेत), अछाममा शेरबहादुर कुँवर (प्रदेश कमिटी उपाध्यक्षसमेत) र  कञ्चनपुरमा लालबहादुर खड्कालाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ।

गत भदौमा नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.