बझाङ : भालुको आक्रमणबाट बझाङका एक जना सिकिस्त भएका छन्।
घाइते हुनेमा जयपृथ्वी नगरपालिका–५ तितानीका ७३ वर्षीय पदमराज जोशी रहेका छन्। उनलाई असोज २९ गते बिहान ४ बजे घरबाहिर सौच गर्न गएका बेला भालुले आक्रमण गरेको थियो।
भालुले उनको टाउको, अनुहार र शरीरमा आक्रमण गरी सिकिस्त बनाएको जानकारी ३१ गते मात्रै आफन्तले पाएका थिए। डिलबगरको टुप्पो तितानी लेकमा रहेको छानामा गोठालोमा रहेका जोशी घर नफर्केपछि मात्रै आफन्तले सोधिखोजी गर्दा भालुको आक्रमणबाट सिकिस्त भएको थाहा पाएका थिए।
घाइते जोशीलाई आइतबार जिल्ला अस्पताल ल्याइएको र त्यहाँ उपचार हुन नसकेपछि सोमबार उनलाई धनगढी रिफर गरिएको थियो। केदारस्युँ–१ नारुगौडा खोलामा जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाले उनलाई फेरि जिल्ला अस्पतालमै फर्काइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।