|

पाल्पा : अविरल वर्षासँगै गएको पहिरोले तानसेन-रानीमहल सडकखण्ड अवरुद्ध भएको छ। सडक सोमबार बिहानदेखि अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा रानीमहल घुम्न आएका पर्यटक अलपत्र परेका स्थानीय वसन्त कुवरले बताए। उनका अनुसार गाईघाट, बैकुण्ठभीर लगायत ४/५ ठाउँमा पहिरो गएको छ।

पर्यटक दुई गन्तव्यतर्फ जान पाएका छैनन्। उनीहरू गाडीमै सुतेका छन्। कोही सडकमै त्रिपाल टागेर सुत्न बाध्य भएको कुँवरले बताए। अहिलेसम्म पहिरो पन्छाउने सुरसार नभएको उनको भनाइ छ।

दशैंको टीका लगाएपछि उनीहरू यहाँ घुम्न आएका थिए। काठमाडौं, पोखरा, बुटवल, कपिलवस्तुलगायतका ठाउँबाट पर्यटक पाल्पाको पर्यटकीयस्थल रानीमहल घुम्न आएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.