|

काठमाडौं : सुनसरीको इटहरी उपमहानगरपालिका-१६ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गस्थित जालपा पेट्रोल पम्प नजिक सोमबार राति पौने १० बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीको रामधुनी नगरपालिका-१ का २२ वर्षीय मुकेश सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश न १-०२-००३ ह ३०७८ नम्बरको सिटी सफारीसँग ठोक्किएको थियो। दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक मुकेशको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा पछाडि रहेका रामधुनीकै २२ वर्षीय नबिन सरदार र १८ वर्षीय अविशेक सरदार घाइते भएका छन्। मोटरसाइकलमा तीनजना रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.