अविरल वर्षाले पाकेको धान खेतमा उम्रिन थाल्यो

|
फाइल

बर्दिया : अविरल वर्षाका कारण बबई र कर्णाली नदी आसपासका बस्ती बाढीको उच्च जोखिममा परेका छन्। असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीको जलमापन केन्द्र चिसापानीमा जलस्तर खतरा तह ११ मिटर नजिक पुगेको छ।​

जलस्तर बढ्दै जाने पूर्वानुमान रहेकाले नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कताका साथ बस्न जिल्ला विपद व्यवस्थापन समितिले अनुरोध गरेको छ।

यसैगरी, बबई नदीको चेपाङ्गमा जलस्तर सतर्कता तह ५ दशमलब ५० मिटर नजिक रहेको छ। पानीको बहाव  बढिरहेकाले तटीय क्षेत्रका सर्वसाधरणलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।  साथै, यस अवधिमा नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने, माछा मार्ने, घुम्न जाने जस्ता काम नगर्नु नगराउनु जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख इश्वर कार्कीले आग्रह गरे।

यस्तै, गेरुवा गाउँपालिकाको पाताभार क्षेत्रमा कर्णाली नदी बस्तीतर्फ सोझिएकाले उक्त क्षेत्रमा थप सतर्क रहन समेत स्थानीयलाई आग्रह गरिएको छ। कुनै सहयोग चाहिएमा स्थानीय प्रहरी, एफएम रेडियो, जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी तथा जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र, बर्दियाको टेलिफोन नम्बर ०८४–४२०९९९,  मा सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन्।

आइतबारदेखि लगातार भएको वर्षातले बर्दियामा ३५ हजार हेक्टर बढी धान खेतीमा असर परेको छ। भित्र्याउन तयार भएको धान वर्षातले गर्दा खेतमै कुहिने अवस्थामा पुगेको हो।

पाकेको धान काटेर बोक्न बाँकी रहेको धान वर्षातले खेतमै उम्रिन थालेपछि किसान चिन्तित भएका छन्। बर्दियामा यस बर्ष ५० हजार २५० हेक्टर जग्गामा धान रोपाइँ भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.