|

काठमाडौं : अविरल वर्षाको कारण पहिरोको जाँदा कालीकोट र डडेल्धुरामा दुईजनाको मृत्यु भएको छ।

कालीकोटको महावै गाउँपालिका-७ राम्नीका विष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनकी छोरी १८ वर्षीया स्मृतिको पुरिएर मृत्यु भएको छ। साथैउनकै १५ वर्षीया छोरी घाइते भएकी छिन्।

यस्तै, डडेलधुरा, गन्यापधुरा गाउँपालिका-१ भात्काडामा सोमबार राति पहिरोले पुरिएर ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ। पहिरो जाँदा पसलभित्र विष्णु च्यापिएको प्रहरीले जनाएको छ। च्यापिएका उनलाई जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको टोलीले उद्धार गरी डडेल्धुरा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। साथै पसल पूर्णरुपमा क्षति भएको छ।

यसैगरी, बझाङको  बित्थडचिर गाउँपालिका-२ पैरास्थित जयपृथ्वी राजमार्गमा सोमबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ। प्रहरी चौकी बित्थडचिरबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.