|

इराकको राजधानी बगदादमा सन् २०१६ मा भएको आत्मघाती बम विस्फोटको योजनाकार पक्राउ परेका छन्।

इराकी प्रधानमन्त्री मुस्तफा अल-कादिमीले उक्त विस्फोटका योजनाकार इस्लामी कट्टरपन्थी गजवान अल-जाभबेलाई देशबाहिर गुप्तचर परिचालन गरेर समातिएको बताए।

उक्त विस्फोटमा ३ सयले ज्यान गुमाएका थिए। बगदादको कराडा जिल्लामा भएको सो आक्रमण सन् २००३ मा भएको अमेरिकी आक्रमणपछिको सबैभन्दा घातक बम विस्फोट थियो।

सन् २०१६ मा एक सपिङ सेन्टरनजिकै रमजानमा साँझमा बाहिर हिँडडुल गरिरहेका व्यक्तिहरू लक्षित विस्फोटक पदार्थले भरिएको एउटा लरी विस्फोट गराइएको थियो।

विस्फोटनपछि भवनको आगोमा जलेको चोटले गर्दा धेरै मानिसहरूको मृत्यु भएको थियो। प्रधानमन्त्री कादिमीले भने, 'हाम्रो जनताको ज्यान लिनेलाई पक्राउ गरेर कारबाही गर्नु राष्ट्रिय कर्तव्य हो।'

प्रधानमन्त्रीले ती अतिवादीलाई कहाँ पक्राउ गरिएको बारेमा भने केही बताएनन्।

तर दुई इराकी गुप्तचर अधिकारीले भने इराकी सुरक्षा फौजले छिमेकी मुलुकको सहयोगमा उनको पक्राउ गरिएको समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.