|

बलिउड फिल्म 'धमाका'को ट्रेलर सार्वजनिक भएको छ। कार्तिक आर्यन अभिनित फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक भएको हो। 

धमाका दक्षिण कोरियाली फिल्म 'द टेरर लाइभ'को हिन्दी रिमेक हो। किङ बुङ वुको निर्देशनमा बनेको 'द टेरर लाइभ' सन् २०१३ मा प्रदर्शनमा आएको थियो।

फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो। ३ सय १२ हजार अमेरिकी डलरमा बनेको फिल्मले बजेटभन्दा दश गुणा बढी कमाइ गरेको थियो।

राम माधवानीको निर्देशनमा बनेको 'धमाका' १९ नोभेम्बरदेखि नेटफ्लिक्समा प्रशारण हुनेछ। धमाकालाई निर्देशक माधवानीसहित रोनी स्क्रुवाला र अमिता माधवानीले संयुक्त निर्माण गरेका हुन्।

एक्सन थ्रिलर जनरामा बनेको फिल्ममा व्यक्तिगत र व्यावसायिक जीवन मिसिँदा आउने द्वन्द्व देखाइएको छ।

फिल्ममा कार्तिकसँगै मृनाण ठाकुर मुख्य भूमिकामा देखिएकी छन्। फिल्ममा दुवै जना टेलिभिजन पत्रकारको भूमिकामा छन्।

'धमाका'को लागि कार्तिकले १५ करोड भारतीय रूपैयाँ पारिश्रमिक लिएका थिए, जुन उनको करिअरको सबैभन्दा धेरै हो।

'धमाका'कै कारण कार्तिक र करण जोहरको सम्बन्ध चिसिएको थियो, जसकारण करणको निर्माण रहेको 'दोस्ताना २' बाट कार्तिक बाहिरिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.