|

काठमाडौं : नेकपा एमालेले महाधिवेशन प्रतिनिधि बन्नका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य  भएको हुनुपर्ने मापदण्ड बनाएको छ।

पार्टीको संशोधित विधानले महाधिवेशन प्रतिनिधि बन्नका लागि लागि १० वर्ष सदस्य भएको हुनुपर्ने मापदण्ड तोकेको हो। महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिले भने पार्टी सदस्य भएको सात वर्ष पुगे महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था विधानमा गरिएको छ।

त्यस्तै एमालेको केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएको हुनुपर्ने व्यवस्था गरिएको छ। एमालेको महाधिवेशन आगामी मंसिरमा तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.