|

काठमाडौं : कञ्चनपुरस्थित महाकाली नदीको टापुमा फसेका पाँच जनाको १५ घण्टापछि उद्धार गरिएको छ।  

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा सोमबार रातिदेखि फसेका एकै परिवारका पाँचको हेलिकप्टरबाट उद्धार गरिएको हो। नेपाली सेनाको हेलिकप्टरले उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले सबैको एक÷एक गरेर उद्धार गरिएको जानकारी दिए।

महाकालीमा बाढी बढेपछि टापुमा फसेका उनीहरूले रुखमा चढेर ज्यान जोगाएका थिए। नेपाली सेनाको हेलिकप्टरले उनीहरुलाई रुखमै रहेको अवस्थामा उद्धार गरेको न्यौपानेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.