|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक सकिनासाथ मन्त्रिपरिषदको बैठक शुरु भएको हो।

बैठकले बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिका सन्दर्भमा पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे निर्णय गर्न बैठक राखिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले थाहा खबरलाई बताए।

अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिइने प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नै घोषणा गरिसकेका छन्।

आज बुधबार अपरान्ह सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री देउवाले देशभर भएका क्षतिको विषयमा जानकारी लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.