|
फाइल तस्वीर

धनकुटा : लेउती खोलाले बगाएको कोशी राजमार्ग २२ घण्टापछि पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनाको सक्रियतामा १:३० बजेदेखि राजमार्ग अस्थायी रूपमा सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए। उनका अनुसार स्काभेटरले लेदो हटाई तत्कालका लागि अस्थायी बाटो बनाइएको हो।

लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ बजे साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा करिब ५० मिटर सडक बगाएको थियो। धरानदेखि कोशी पहाडी तथा कोशी पहाडदेखि धरान झरेका सयौँ साना ठूला गाडी अलपत्र परेका थिए।

त्यो क्षेत्रमा अहिले पनि अविरल रूपमा वर्षा भइरहेको छ। खोलामा बालुवा र माटोको लेदोसहितको बाढी अहिले पनि आइरहेको छ। चारवटा स्काभेटर परिचालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.