|

चौतारा : संघीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले संसद्ले छिटै गति लिने बताएका छन्। बुधबार सिन्धुपाल्चोकको कुविण्डेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले संसद् सञ्चालनका लागि छलफल भइरहेको बताएका हुन्।

चौतारा साँगाचोकगढी नगरपालिका ४, कुविण्डेको कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाको २९औं वार्षिक साधारण सभामा सहभागी हुुन सापकोटा आफ्नो जन्मथलो पुगेका थिए। दैनिक १५ सय लिटरभन्दा धेरै दूध संकलन गरिरहेको सहकारीको साधारणसभामा बोल्दै सापकोटाले कृषकहरू सधैँ समस्यामा पर्ने गरेको बताए। बेमौसमको वर्षाले किसानलाई अप्ठ्यारो परेको उनले बताए।

संसद् सञ्चालनका लागि प्रमुख प्रतिपक्षी दल लगायत सबैसँग छलफल भइरहेको र छिटै निकास निस्किएर संसद् गतिरोध अन्त्य हुने बताए। विपक्षी दलको आग्रहमा नै संसद्को बैठक २ दिन पछि सरेको र सो दिन संसद् निर्बाध चल्ने आशय सापकोटाले व्यक्त गरे। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.