|

काठमाडौं : गत वर्षको तुलनामा यस वर्ष दसैँमा खसीबोका कम बिक्री भएको व्यापारीहरूले बताएका छन्। त्यससँगै विक्री हुन बाँकी रहेका खसीबोकाहरू उनीहरूले गाउँ फर्काउन थालेका छन्।

काठमाडौं उपत्यकामा यस वर्ष मागभन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका बजार व्यवस्थापक जीवरराज खतिवडाले बताए।

उनले कोरोना महामारीको जोखिम कायमै भएकोले त्यसको असर पशुचौपाय व्यापारमा पनि परेको उनको भनाइ छ। उनले गत वर्षको तुलनामा यस वर्ष विक्री वितरण कम भएको बताउँदै माग नहेरी अप्रत्यासीत रुपमा व्यापारीहरुले खसीबोका भित्र्याउँदा चाहेजस्तो बिक्री हुन नसकेको बताए।

यसवर्ष काठमाडौं चौपाया खरिदबिक्री प्रालिमा ३५ हजारसम्म खसीबोका ल्याएको र २५ हजारसम्म बिक्री भएको बताए।

बजार वयवस्थापक खतिवडाले भने, ‘कोरोना भाइरसको महामारी आएसँगै हरेक क्षेत्रमा यसको असर गरेको छ, पर्यटन क्षेत्र माथि उठ्न नसक्दा व्यापार भएको छैन, यसको प्रत्यक्ष असर खसीबोका व्यवसायमा पनि परेको छ, गत वर्षभन्दा यस वर्ष आयात पनि धेरै भयो, पोहोरको अनुपातमा बिक्री वितरण कम भयो, २५ हजार विक्री भए, ३० हजारदेखि ३५ हजारसम्म खसिबोका आयात भएको थियो, बाँकी रहेका खसिबोका हामीले व्यापारीहरुलाई गाउँ नै फिर्ता गरिदिएका छौँ, अप्रत्यासीत रुपमा काठमाडौं उपत्यकामा खसीबोका भित्रिँदा बिक्री कम भएको हो।’

बजार व्यवस्थापक खतिवडाले नेपाल सरकारले बजारको मागअनुसार काम नगरेको भन्दै सरकारपक्षबाट बजारीकरणको व्यवस्था मिलाइनुपर्ने बताए। यसवर्ष काठमाडौं उपत्यकामा व्यपारीहरुले ६५ हजार खसीबोका भित्र्याएको बताइएको छ। बिक्री हुन नसकेका खसिबोका भने धमाधम गाउँ फर्काइएको व्यवसायीहरुले बताएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.