|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश जाने कार्यक्रम छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्‍याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिने उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहप्रदेश सुदूरपश्चिम जान लागेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा भएको जनधनको क्षतिका सम्बन्धमा जानकारी लिनेछन्।

प्रधानमन्त्री देउवासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले कांग्रेस नेताहरू रमेश लेखक, एनपी साउद र वीरबहादुर बलायरसमेत जानेछन्। प्रधानमन्त्री देउवा सम्भव भएसम्म आजै कर्णाली प्रदेशमा पनि पुग्ने कार्यक्रम छ।

केही दिनदेखिको वर्षासँगै मुलुकका विभिन्न भागमा बाढीपहिराका कारण सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ।  

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी-पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने निर्णयसमेत गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.