|

युइएफए च्याम्पियन्स लिग फुटबलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेड सानदार पुनरागमन जित निकाल्न सफल भएको छ।

च्याम्पियन्स लिग अन्तर्गत ओल्ड ट्राफोर्डमा बुधबार भएको स्पर्धामा एटलान्टा २ गोलको अग्रता जोगाउन असफल रह्यो। पहिलो हाफमानै एटलान्डाले २-० को अग्रता बनाएको थियो। तर युनाइटेडले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै खेल ३-२ ले जित्यो।

खेलको १५ औं मिनेटमा नै मारियो पासलीचले पाहुना टोलीलाई अग्रता दिलाएका थिए। २९ औं मिनेटमा मेरिह डेमिरालले कोपमिनार्सको कर्नरमा हेड मार्फत गोल गरेपछि युनाइटेड २-० ले पछि परेको थियो।

तर दोस्रो हाफमा खेलमा फर्कने क्रममा ५३ औं मिनेटमा मार्कस रासफर्डले युनाईटेडलाई २-१ को अबस्थामा ल्याए। ७५ औं मिनेटमा ह्यारी मगाएरले बराबरी गोल फर्काए। ब्रुनोकै पासमा उनले एटलान्टाको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेका थिए।

८१ औं मिनेटमा रोनाल्डोले लुक शाको क्रसमार्फत ६ यार्ड बक्सनजिकबाट आकर्षक हेड गर्दै टीमलाई निर्णायक अग्रता दिलाए। त्यसपछि थप गोल हुन नसक्दा युनाइटेडले महत्त्वपूर्ण जित दर्ता गर्यो।

समूहकै अर्को खेलमा भिल्लारियलले योंग ब्वाइजलाई ४-१ ले पराजित गर्‍यो। टोलीको जितमा यरेमी पिनो,  जेरार्ड मोरेनो,  अल्बर्टो मोरेनो र स्याम चुकेवेजेले १-१ गोल गरे। घरेलु टोलीको लागि एलियाले २-१ को स्कोर गरेका थिए।

समूह  एफमा युनाइटेड ३ खेलमा ६ अंक शहित शिर्ष स्थानमा रहेको छ। एटलान्टा र भिल्लारियलको ४-४ अंक छ। पुछारको योंग ब्वाइजको ३ अंक मात्र छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.