|

काभ्रे : जिल्लाको भुम्लु गाउँपालिका–५ मा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चौरीदेउराली गाउँपालिका–४ का स्थानीय एवं सोही वडामा रहेको सरस्वती माध्यमिक विद्यालय, छेडाका प्रधानाध्यापक ४९ वर्षीय कमल श्रेष्ठको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाले दोलालघाट हुँदै चौरीदेउरालीतर्फ कुखुराको दाना बोकेर जाँदै गरेको बा २१ च ९२१० नम्बरको बोलेरो भुम्लु गाउँपालिका–५ जामुने खोलामा दुर्घटना भएको जानकारी दिए। उनका अनुसार बोलेरो सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको छ।

डिएसपी खतिवडाले बुधबार राति करिब ९ बजेतिर दुर्घटना भएकोमा घाइतेलाई धुलिखेल अस्पताल ल्याइएकोमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको बताए। उनका अनुसार बोलेरोमा प्रधानाध्यापक श्रेष्ठ मात्र थिए। दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.