|

दाङ : दाङमा प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार एकजनालाई १८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ३४ वर्षीय धनबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनलाई २०६० साल कात्तिक २ गते दाङ देउखुरी जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा ७ वर्ष ११ महिना ८ दिन कैद सजाय फैसला गरेको थियो। त्यसलगत्तै उनी फरार रहेका थिए।

उनलाई खोजतलास गर्दै जाँदा मंगलबार बिहान करिब साढे १ बजेतिर घोराही १० मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए। उनलाई बिहीबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

यसैगरी प्रहरीले लेनदेन मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ की ३७ वर्षीया मेनुका कार्की रहेको जिप्रका दाङले जनाएको छ।

उनलाई असोज ३० गते घोराही १४ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रवक्ता रिजालले जानकारी दिए। उनलाई दाङ देउखुरी जिल्ला अदालतले २०७३ असार २३ गते लेनदेन मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.