|

काठमाडौं : देशभर ५ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ८ हजार ५ सय ४९ जनाको स्वाब परीक्षण गर्दा झण्डै साढे ५ सय संक्रमित थपिएका हुन्। 

मन्त्रालयका अनुसार ६ हजार ५ सय ८६ जनाको पिसिआर र १ हजार ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको हो । गत २४ घण्टामा ७ सय २६ जना संक्रमित निको भएका मन्त्रालयले जनाएको छ।

पछिल्लो विवरण अनुसार देशभर कोरोनाले थप ८ जनाको मृत्यु भएको छ । हाल ११ हजार ३ सय १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.