|

सिन्धुपाल्चोक : पारिवारिक र राजनीतिक ‘ह्याङ’ भएपछि ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे आउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज पनि सुकुटे आएका छन्।

दिउँसो करिब ४ बजे पत्नी सीता दाहालसहित प्रचण्ड सुकुटेस्थित भोटेकोशी बीच रिसोर्टमा आइपुगेको होटलले जनाएको छ।

होटेल आइपुगेपछि केहीबेर आराम गरेर प्रचण्डले छोटो समयको लागि जलसयर (र्‍याफ्टिङ) समेत गरेका छन्। प्रचण्डसँग माओवादी केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा र माधव सापकोटा सुवोध तथा वाइसिएल पूर्व अध्यक्ष दीपशिखासमेत छन्।

तीनै जना सिन्धुपाल्चोककै माओवादी नेता हुन्। यसअघि सिन्धुपाल्चोक आएर सुकुटेको इक्वेडर रिसोर्टमा बस्ने गरेका प्रचण्ड पहिलोपटक भोटेकोशी बीच रिसोर्टमा बसेका हुन्। उनी यहाँ कति दिन बस्ने भन्ने खुलाइएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.