|

गुल्मी : कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ। करिडोरको हर्मिचौर अर्बेनी सडक खण्डको गरगरेमा पहिरो सखेपछि सडक अवरुद्ध भएको कालीगण्डकी करिडोर निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ।

अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको नेपाली सेनाले जनाएको छ। पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउनका लागि डोजर प्रयोग गरिने बताइएको छ।

यस्तै‚ रिडी–रुद्रबेनी सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ। रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा बिहीबार साँझ सडकमाथिबाटै ठूलो पहिरो खसेका कारण सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.