|

गुल्मी : डहरे खोलाले  कात्तिक १ गते बगाएको जिप बढीगाड खोलामा फेला परेको छ। बुटवलबाट गुल्मीको वामीतर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्बरको जिपलाई सत्यवती गाउँपालिका–६ मा डहरे खोलाले बगाएको थियो।

पानीको वहाव बढेका कारण केही दिनपछि मात्रै जिपलाई खोलाबाट निकालिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए। जिपको क्षतिको विवरण भने अहिले नै भन्न नसकिने प्रहरीको भनाइ छ। खोलाले जिप बगाए पनि कुनै मानवीय क्षति भने भएको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.