|

टि-२० विश्वकपको क्वालिफायर भिडन्तमा बंगलादेशले पपुवा न्युगिनिलाई पराजित गर्दै अन्तिम १२ मा स्थान बनाएको छ। बंगलादेशले पपुवा न्युगिनिलाई ८४ रनले पराजित गरेको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनायो। टिमका लागि कप्तान महमुदुल्लाहले ५० रनको अर्धशतकीय इनिङ खेल्दा शकिब अल हसनले ४६ रन बनाए।

पिएनजिका लागि असद भला, कबुआ मोरिया र डेमियन रावुले समान २-२ विकेट लिए। १८१ रनको लक्ष्य लिएर मैदान उत्रिएको बंगलादेशले १९.३ ओभरमा ९७ रनमात्र जोड्न सक्यो। टिमका लागि विकेटकिपर ब्याट्सम्यान डोरिगाले ३४ बलमा ४६ रन बनाए।

बंगलादेशको जितमा शकिबले चार विकेट लिंदा तस्कीन अहमद र मोहम्मद सैफुदिनले समान २-२ विकेट लिए। शकिब म्यान अफ द म्याच घोषित भए।

क्वालिफायर चरणमा पिएनजीको यो लगातार तेस्रो हार हो। यो हारसँगै पिएनजी प्रतियोगिताबाट बाहिरियो। लगातार दोस्रो जितपछि बंगलादेश सुपर-१२ का लागि क्वालिफाइ गर्न सफल भयो। यो सँगै बंगलादेशले समहु १ मा स्थान बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.