|

काठमाडौं : सुनसरीको भिन्नाभिन्नै ठाउँमा भएको सवारी साधन दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार पूर्व-पश्चिम राजमार्गको कोशी गाउँपालिका-८ भाण्टाबारीमा अनटेष्ट स्कुटी दुर्घटना हुँदा झापाको दमक नगरपालिका-१ की २६ वर्षीया सासा लिम्बूको मृत्यु भएको छ।

बिहीबार राती साढे ११ बजे स्कुटी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएकी चालक लिम्बूको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान सवा ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटी पछाडि सवार झापाको बुद्दशान्ति गाउँपालिका-१ की २७ वर्षीया रेनु गुरुङ भने सामान्य घाइते भएकी छन्।

यस्तै‚ बिहीबार बेलुकी पौने ८ बजे बराहक्षेत्र नगरपालिका-३ बाङ्गेस्थित भित्री सडक खण्डमा अनटेष्ट कार अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुने बराहक्षेत्र-६ चक्रघट्टीका ४० वर्षीय उपेन्द्र भनिने कृष्णप्रसाद दाहाल हुन्। दुर्घटनामा गम्भीर घाइते भएका दाहालको नगर अस्पताल चक्रघटीमा ल्याई उपचारका क्रममा मृत्यु भएको हो।

दाहालको शव परिक्षणका लागि धरान पठाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.