|

मुम्बई : लागुपदार्थ मुद्दाको अनुसन्धानका क्रममा एनसिबीको जाँचको दायरामा अभिनेत्री अनन्या पाण्डे पनि परेकी छन्। आर्यन खानको ड्रग्स च्याटमा अनन्याको नाम मुछिएपछि एनसिबीले अनन्यामाथि पनि छानबिन सुरु गरेको हो। 

आर्यन खानको ह्वाट्सएप च्याटमा अनन्याको नाम जोडिएपछि बिहीबार एनसिबी सोधपुछका लागि अनन्याको घर पुगेको थियो।

एनसिबीले बिहीबार र शुक्रबार लगातार अनन्यासँग सोधपुछ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार अनन्याले आफूले अहिलेसम्म ड्रग्स सेवन नगरेको बताएकी छन्। 

सन् २०१८ र २०१९ को बीचमा अनन्याले गाँजा सेवन गरेको कुरा आर्यन र अनन्याको ह्वाट्सएप च्याटबाट पत्ता लागेको एनसिबीले बताएको छ।

त्यसपछि पनि आर्यन र अनन्याबीच गाँजाको विषयमा कुरा भइरहने गरेको एनसिबीले दाबी गरेको छ।

अनुसन्धानको लागि अनन्याको मोबाइल र ल्यापटप एनसिबीले जफत गरेको छ। गत अक्टोबर ३ मा आर्यन ड्रग्स केसमा समातिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.