|

रौतहट : ईशनाथ नगरपालिका–१ बन्जरहाबाट एक लाख ८० हजार अवैध भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

भारत बिहार राज्य शिवहर बेलवाघाट–५ बस्ने २२ वर्षीय सुशिलकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।

बन्जराहस्थित बकैया खोलाको बाँधमा सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई अवैध रुपमा झोलामा बोकी हिँडेको उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो।

साहलाई भारतीय रुपैयाँसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.