|

सल्यान : सल्यानमा  घट्टको पाइप काटिदिएको निहुँमा एक जनालाई हातखुुुट्टा बाँधेर कुुुटपिट गरिएको छ।

जिल्लाको दार्मा गाउँपालिका–५ बाँधनेमा तीन जना युवाले साझेदारीमा सञ्चालन गरेको घट्ट तीन जनामध्येकै एक युवाले पाइप काटिदिएपछि विवाद हुँदा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

संयुक्त रुपमा चलाएको घट्टको पाइप सोही ठाउँका जीवनबहादुर खड्काले काटेपछि दुई जनालाई मार्छु भन्दै उनीहरूको घर गएका थिए।

जीवनबहादुरलाई दुई जनाले डोरीले हातखुट्टा बाँधेर कुटपिट गरेको प्रहरी नायव उपरीक्षक गोविन्द थापाले बताए।

उनका अनुसार घटनालगत्तै प्रहरीको टोलीले घाइते जीवनलाई उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको छ।

डोरी बाँधेर कुट्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.