|
कुशवाहा समाज र पिछडा वर्ग महासभा युवा संघका कार्यकर्तालगायत ढल्केबरमा शुक्रबार साँझ सिके राउतको पुतला जलाउँदै। तस्वीर : अजय साह

जनकपुरधाम : धनुषाको ढल्केबरमा नेपाल जनमत पार्टीका अध्यक्ष डा सिके राउतको पुतला दहन गरिएको छ।

नेपाल खानेपानी संस्थानको जनकपुर शाखा कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई उनको पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेको विरोधमा ढल्केबरमा राउतको पुतला जलाइएको हो।

स्थानीय इन्जिनियर, कुशवाहा समाज र पिछडा वर्ग महासभा युवा संघका कार्यकर्ताले संयुक्त रुपमा शुक्रबार साँझ राउतको पुतला जलाएका हुन्।

जलाउनुअघि उनीहरूले राउतको पुतला बोकेर 'सिके राउत मुर्दावाद', 'जनमत पार्टी मुर्दावाद' र 'इन्जिनीयर राजेश्वरलाई न्याय दे' जस्ता नारा लगाउँदै ढल्केबर चोकको परिक्रमा गरेका थिए।

चोकको पूर्वबाट निकालिएको र्‍याली ढल्केबर चोकको परिक्रमा गर्दै सहिद पार्क अगाडि पुगेर राउतको पुतला जलाइएको थियो।

इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएका प्रहरीले जल्दै गरेको पुतला नियन्त्रणमा लिएर आगो निभाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.