|

काठमाडौं : नजिकिँदै गरेको तिहार तथा छठ पर्वको अवसरमा हिमानी ट्रष्टले कला, साहित्य, खेलकुद, पत्रकारिता लगायतका क्षेत्रका व्यक्तिहरूसँग चियापान गरेको छ। शुक्रबार राजधानीस्थित सोल्टी होटलमा आयोजित कार्यक्रममा सबै क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूको उपस्थिति रहेको थियो। 

कार्यक्रममा फिल्म क्षेत्रबाट भुवन केसी, शिव श्रेष्ठ, दीपकराज गिरी, करिश्मा मानन्धर, सरिता लामिछानेलगायत दर्जनौँ कलाकारको उपस्थिति थियो। संगीततर्फ योगेश्वर अमात्य, सत्य राज, स्वरूप राज आचार्य, सुगम पोखरेलदेखि नयाँ पुस्ताका सुशान्त केसी, स्वप्न सुमन लगायतका कलाकारको कार्यक्रममा उपस्थित थिए। 


त्यस्तै साहित्य, पत्रकारिता, खेलकुद लगायतका क्षेत्रका व्यक्तिहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो। 
कार्यक्रममा उपस्थित सबैले पूर्व-राजा ज्ञानेन्द्र शाह, पूर्व-युवराज पारस शाह, पूर्व-युवराज्ञी हिमानी शाहलगायत राजपरिवारका सदस्यसँग फोटो खिचेका थिए। 

                                                                                                 तस्वीरहरू : फेसबुकबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.