ताइवानको पक्षमा सम्हालिएर बोल

|

चीनले संयुक्त राज्य अमेरिकालाई ताइवानको पक्षमा बोल्दा सम्हालिएर बोल्न चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइपछि चीनले यस्तो चेतावनी दिएको हो। केही दिनअघि बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका त्यसको प्रतिरक्षा गर्न प्रतिबद्ध रहेको बताएका थिए।

दैनिक ब्रिफिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले ताइवान चीनको हिस्सा भएको चिनियाँ दाबी दोहोर्‍याएका थिए।

उनले ताइवानका बारेमा बोल्दा अमेरिकाले आफ्नो शब्दहरूमा विचार गर्नुपर्ने र 'गलत संकेत' दिन नहुने बताए। अमेरिकाले ताइवानको पक्षमा मत राखिरहँदा चीन र अमेरिकाबीचको सम्बन्धमा गम्भीर असर पर्न सक्ने उनले चेतावनी दिएका छन्।

'जब यो सार्वभौमसत्ता र क्षेत्रीय एकता जस्ता चीनको मुख्य हितको कुरा आउँछ, त्यहाँ सम्झौता वा छुटका लागि कुनै ठाउँ छैन', उनले भने।

वाङ वनपिनले चिनियाँ सार्वभौमसत्ता र एकताको रक्षा गर्ने बलियो प्रतिबद्धता र बलियो क्षमतालाई कसैले पनि कम आँकलन गर्न नहुने स्पष्ट पारेका छन्।

हालैका हप्ताहरूमा ताइवान र चीनबीच तनाव बढेको छ। दर्जनौं चिनियाँ लडाकु विमान ताइवानको आकाशमा प्रवेश गरेका थिए।

ब्रिफिङमा वाङले भने, 'ताइवान चीनको निर्विवाद अंग हो। ताइवान मुद्दा पूर्णतया चीनको आन्तरिक मामिला हो र कुनै पनि विदेशी हस्तक्षेपलाई स्वीकार्य छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.