|

जनकपुरधाम : नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्दप्रसाद गुप्ताको अन्त्येष्टि गरिएको छ। ६० वर्षीय गुप्ताको हृदयाघातबाट निधन भएको हो।

हृदयघात भएपछि उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएका यादवको शनिवार विहान साढे २ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

लामो समयदेखि उच्च रक्तचाप तथा मधुमेहले पीडित पत्रकार गुप्तालाई बुधवार हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो। सिरहा नगरपालिका –१ स्थायी घर भएका गुप्ता हाल हिमालयन टाइम्स दैनिक लगायतका सञ्चार माध्यममा कार्यरत थिए।

सिराहाको बलान खोलामा आज गुप्ताको अन्त्येष्टि गरिएको छ। नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष राजेश कर्णले कार्यसमितिका उपाध्यक्ष गुप्ताको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपुरणिय क्षति पुगेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.