|

काठमाडौं : आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ।

दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो। यससँगै इंग्ल्यान्डले पहिलो पटक टी(ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराउन सफल भएको छ। 

वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।​ इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै २४ रन बनाए । कप्तान इयान मोर्गन ७ रनमा अविजित रहे।

जासन रोय ११ रनमा आउट हुँदा जोनी बेयर्सटोले ९ रन बनाए। मोइन अली ३ र लियाम लिभिङस्टोन १ रनमा आउट भए। वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोडे। शिम्रन हिटमायरले ९, कप्तान केइरन पोलार्डले ६, इभिन लेविसले ६ तथा  ड्वाने ब्राभोले ५ रन बनाए। अकिल होसेन ६ रनमा अविजित रहे ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदील राशिदले ४ विकेट लिए।

हिजो नै भएको पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले हरायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.