काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो जित निकालेको छ।
शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७-० गोल अन्तरले पराजित गरेको हो। चेल्सीको फराकिलो जितमा मासन माउन्टले ह्याट्रिक पूरा गरे। यस्तै कलुम हुड्सन, रिस जेम्स र बेन चिलवेलले एक एक गोल गरे। नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे।
यस्तै म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-१ गोल अन्तरले पराजित गरेको छ। सिटीको जितमा फिल फोडेनले दुई गोल गरे। इल्के गुन्डोगान र रियाद महरेजले एक एक गोल गरे। ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।