काठमाडौं : स्वास्थ्य सेवा विभागको महानिर्देशकमा प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा डा सिंहलाई नियुक्ति गरेका हुन्। मन्त्रालयका प्रशासन प्रमुख सहसचिव इन्द्रमणि पोखरेलका अनुसार शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट डा सिंहलाई विभागको महानिर्देशक बनाइएको बताए।
‘आज देखि काम गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ’ उनले भने। डा सिंह १२ औं तहका स्वास्थ्यका उच्च अधिकारी हुन्।
यसअघि पनि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक थिए। डा सिंहलाई मन्त्रालयमा तानेर उनको ठाउँमा डाक्टर आरपी बिच्छालाई निमित्त महानिर्देशकका रुपमा विभाग पठाइएको थियो।
डा विच्छा ११ औं तहका हुन् । उनले आइतबारदेखि नै सेवाबाट अनिवार्य अवकास पाउँदैछन्। स्वास्थ्य सेवा विभागको महानिर्देशक १२ औं तहको प्रमुख विशेषज्ञ हुने व्यवस्था छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।