धनकुटा : चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ। चौबिसे-५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्कालाई खोलाले बगाएको प्रहरीले जनाएको छ।
आइतवार बिहान खोला तर्ने क्रममा खड्कालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए।
छोरीको घर जाँदै गरेका खड्कालाई खोलाले बगाएर नजिक रहेको तमोर नदीमा पुर्याएको थियो। उनलाई स्थानीयवासीले मृत अवस्थामा फेला पारेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।