|

विराटनगर : मोटरसाइकलले ठक्कर दिँदा मोरङको लेटाङमा आइतबार एकजना महिलाको मृत्यु भएको छ।

मे ८ प १९२६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरेहकी ५० वर्षीया अम्बिका ढकाललाई ठक्कर दिएको हो। लेटाङ नगरपालिका–९ मा दुर्घटना हुँदा ढकालको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

एसपी राईका अनुसार बिहान ९ः३० बजेतिर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ढकालको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो। घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.