|

काठमाडौं : संरक्षित वन्यजन्तु गैंडाको खागसहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ।

गैंडाको खाग अवैध रुपमा बिक्री भइरहेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–९ गैरीगाउँबाट दुई युवकलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोलुखुम्बु दुधकोशी नगरपालिका–६ घर भई स्वयम्भू बस्ने १९ वर्षीय तिलकबहादुर बस्नेत र बाग्लुङ तमनखोला गाउँपालिका–१ घर भई तार्केश्वर बस्ने २८ वर्षीय दीपक गोतामे छन्। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महाशाखाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.