|

काठमाडौं : चार वर्षपछि गरिएको पुनः मतगणनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–१० मा वडाध्यक्षको मत परिणाम उल्टिएको छ।

स्थानीय तह निर्वाचन २०७४ को मतगणनाको परिणाम उल्टिएको हो। पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका छन्।

यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी भएको घोषणा गरेको थियो। तर आइतवार भएको पुनः मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए।

चार वर्षअघि स्थानीय तहको निर्वाचनका क्रममा दुबै उम्मेदवारले २६७ मत ल्याएको भन्दै निर्वाचन आयोगले गोला प्रथाबाट चौधरी निर्वाचित भएको घोषणा गरेको थियो। पुनः मतगणनाको माग गर्दै स्वतन्त्र उम्मेदवार रायले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएका थिए।

उच्च अदालतले २०७५ असार २१ गते पुनः मतगणना गर्ने आदेश दिए पनि निर्वाचित भएका चौधरीले यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

सर्वोच्चको २०७७ चैत्र ६ गतेको आदेशबाट उच्च अदालतको आदेश सदर गरेको थियो। भुजेलका अनुसार कांग्रेसका उम्मेदवार चौधरीले दुई सय ६६ र पराजित भएका रायले दुई सय ६८ मत पाएका छन्। 

 


 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.