|

आइसिसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको छ।

युएईको सारजाह क्रिकेट स्टेडियममा भएको खेलमा बंगलादेशले पूरै ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो।

बंगलादेशका लागि मोहम्मद नाइमले ६२ र मुशफिकुर रहीमले नटआउट ५७ रनको अर्धसतकीय इनिङ खेले। यस्तै लिटन दास १६ रनमा आउट हुँदा साकिब अल-हसन १० रनमा आउट भए।

महमुदुल्लाहले नटआउट १० रन बनाउँदा अफिफ हुसैन ७ रनमा आउट भए।

बिनुरा फर्नान्डो र लाहिरु कुमारले समान १/१ विकेट लिए।

अहिले जवाफी ब्याटिङ गरिरहेको श्रीलंकाले १३ ओभरमा ४ विकेट गुमाएर १ सय ५ रन बनाएर खेलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.