|

दाङ : दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएका छन्।

मृत्यु हुनेमा  घोराही उपमहानगरपालिका–१० कटुकीका बसका सहचालक २८ वर्षीय प्रेम परियार छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस आइतबार बेलुका करिब साढे ५ बजेतिर तुलसीपुर–६ मोतीपुरमा दुर्घटनामा परेको हो।

परियारलाई बसले च्यापेको अवस्थामा जेसिभीको सहयोगमा उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका डीएसपी श्यामु अर्यालले जानकारी दिए।

घाइते २१ जनाको अवस्था सामान्य रहेको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र चालकलाई नियन्त्रणमा लिइएको प्रमुख अर्यालले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.