|

काठमाडौं : आईसिसी टी–२० विश्वकपअन्तर्गत आइतवार भएको खेलमा श्रीलंकाले बंगलादेशविरुद्ध ५ विकेटको जित निकालेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १७१ रन बनाएको थियो। नौ ओभर चार बलमा चार विकेट गुमाएर ७९ रन बनाएको अवस्थाबाट ८६ रनको साझेदारी गर्दै चरिथा असलंका र भानुका राजापक्षले श्रीलंकालाई जित दिलाएका छन्।

सो जितका लागि श्रीलंका असलंकाले ४९ बलमा ८० रन बनाए। सानदार पारी खेलेका उनले पाँच चौका र पाँच छक्का प्रहार गरे। श्रीलंकाको जितका लागि भानुकाले पनि ३१ बलमा ५३ रन जोडे भने पठुम निसांकले २४ रनको योगदान दिए।

भानुकाले तीन चौकार र तीन छक्का प्रहार गरेका थिए। बलिङतर्फ बंगलादेशका शकिब अल हसन र नसुम अहमदले समान दुई/दुई विकेट लिए भने मोहम्मद सौफुद्दिन १ विकेट लिए।

त्यसअघि पहिलो पारीमा बंगलादेशका लागि मोहम्मद नैम र मुश्फिकुर रहमानले अर्धशतकीय पारी खेले। नैमले ५२ बलमा ६२ रन बनाए भने रहिमले ३७ बलमा ५७ रन बनाए।

त्यस्तै लिन्टन दासले १६ रन जोडे। बलिङतर्फ चम्मिका गुणरत्‍ने, बिनुरा फर्नान्डो र लाहिरु कुमाराले समान १–१ विकेट लिए। यो जितसँगै समूह १ को पहिलो चरणको खेल सकिएको छ।

शनिबार पहिलो दुई खेलमा इंग्ल्यान्ड र अष्ट्रेलियाले जित निकालेका छन्। अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएको थियो भने इंङ्ल्यान्डले वेस्ट इन्डिजलाई हराएको थियो। आजकै अर्को खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.