|

पर्वत : तीन जना बालकलाई प्रलोभन र त्रासमा पारेर यौनजन्य गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शुवास हमालका अनुसार विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुर गरेको आरोपमा ४४ वर्षीय क्यानेडियन नागरिक रोबर्ट किनक्लेलाई पोखरा महानगरपालिका–६ लेकसाईडबाट आइतबार नियन्त्रणमा लिइएको हो।

रोबर्टले लेकसाइडमा बसेर नाबालकहरूलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचना पाएपछि प्रहरी टोलीले बालकहरूलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

उनको साथबाट एक थान ल्यापटप, एक थान मोबाइल र राहदानी बरामद गरेको प्रहरीले जनाएको छ। उनको साथमा फेला परेका तीनै जना वालकहरूलाई उद्धार गरिएको छ भने रोबर्टलाई कास्की जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.