|

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकाका बाढीप्रभावितहरूमा झाडापखालाको संक्रमण देखिएको छ।

दुषित पानीका कारण बाढी पीडितहरूमा झाडापखाला, आँउ, रुघाखोकीलगायतका रोगको संक्रमण देखिन थालेको हो। महाकाली नदीको बाढीले डुवानमा पारेको वडा नं. ९ र १० का बाढीपीडितहरूमा संक्रामक रोगहरू देखिन थालेको हो।

डुवान भएको क्षेत्रका बासिन्दामा दुषित पानीको प्रयोगले रोगहरू देखिएपछि डा. गगन चौधरीको नेतृत्वमा चिकित्सको टोली खटिएको छ। ‘स्वास्थ्य शिविर सञ्चालन गरी बाढीप्रभावितहरूको उपचारमा खटिएका छौं’ डा चौधरीले भने, ‘शिविरमा उपचारका लागि पुग्ने मध्ये २५ प्रतिशत बढीमा झाडापखालाको समस्या देखिएको छ।’

विस्थापित परिवारले प्रयोग गर्ने हेण्डपम्पको पानी दुषित भएको छ। बाढीबाट विस्थापित अम्बीका माध्यमिक विद्यालयमा बस्दै आएकाहरूको चिकित्सकको टोलीले स्वास्थ्य चेकजाँच गरेको छ।

बाढीपीडितको स्वास्थ्य जाँचमा आरोग्य मेडिकल र महाकाली प्याथोलोजीले प्राविधिक सहयोग गरिरहेको छ। हालसम्म बाढीबाट प्रभावित पाँच सय जनाको स्वास्थ्य जाँच गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.