|

स्पेनिस लालिगाअन्तर्गत एल क्लासिको भिडन्तमा रियल म्याड्रिड २-१ को जित दर्ता गरेको छ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलले जित निकालेसँगै लालिगाको अंक तालिकामा ९ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। रियलसँगै सेभिया र रियल सोसिडाडको समान २० अंक छ।

२००४ यता बार्सिलोनाका पूर्व लिजेन्ड लियोनेल मेसी र रियलका सर्जियो रामोसबिनाको यो पहिलो एल क्लासिको हो।

खेलको ३२ औं मिनेटमा डेबी अलबाको गोलमार्फत रियल म्याड्रिडले अग्रता लिएको थयो। ९० मिनेटसम्म १-० को अग्रता बनाएको रियल म्याड्रिडले ७ मनेट थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा दोस्रो गोल थप्यो। मार्को एसन्सियोले गरेको प्रहार गोलरक्षक टेर स्टेगनले रोक्दा पाएको रिबाउन्डलाई भाजक्वेजले गोलमा परिणत गरेका थए।

उसका लागि लुकास भजक्विजले दोस्रो गोल गरे। तर बार्सिलोनाले अतिरिक्त समयको अन्तिम मनेटमा सर्जियो अगुएरोको गोलमार्फत खेलमा शान्तवना गोल फर्कायो। बार्सिलोना जारी सिजन ९ खेलमा १५ अंक बनाएर आठौं स्थानमा पुगेको छ।

आइतबारनै भएको अर्को खेलमा सेभियाले लेभान्टेमाथि ५-३ को जित निकाल्दै २० अंक बनाएर उपाधि दाबेदारी कायम राखेको छ। प्रतिस्पर्धात्मक भिडन्तमा पहिलो हाफमा ३-१ को अग्रता बनाएको सेभियाले दोस्रो हाफमा थप दुई गोल थप्यो भने दुई गोल खाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.