|
आइतबार बिहान नागरिकता बनाउनका लागि लाइनमा बसेका सेवाग्राही

गुल्मी : दशैंपछि खुलेको जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको घुइँचो लागेको छ। आइतबार बिहान साढे नौ बजेदेखि नै कार्यालयमा सेवाग्राहीको घुइँचो लागेको थियो।

चाडपर्वका बेला जिल्लाबाहिर रहेकाहरु गाउँ आउने र सोही अवसरमा नागरिकता बनाउने भएकाले अन्य समयमाभन्दा कार्यालयमा सेवाग्राहीको बढी चाप हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

अन्य समयमा दैनिक ३० देखि ५० नयाँ नागरिकता जारी हुने भए पनि आइतबार मात्रै  ११३ नयाँ नागरिकता जारी भएको प्रजिअ पौडेलले जानकारी दिए। यस्तै‚ नागरिकताको प्रतिलिपि ६६, नाबालक परिचयपत्र आठ‚ ११५ जनाको  राष्ट्रिय परिचयपत्रको काम भएको पौडेलले जानकारी दिए।

गुल्मीमा जति नयाँ नागरिकता बन्छन्, त्यसको ३५ प्रतिशतभन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथ्यांक छ। नागरिकहरुले नागरिकताको सुरक्षा नगर्दा र नागरिकताको महत्व नबुझेका कारणले पनि प्रतिलिपि बनाउनेको संख्यामा बृद्धि भएको पौडेलको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.